नेपाल कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठक

maitrinews


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बसेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बसेको हो । जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ वजे बसेको बैठक भएको हुँदा विधि र प्रक्रियामा छलफल हुने केन्द्रीय सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो । पार्टी एकीकृत भएपछि पहिलो बैठक भएका हुनाले पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतको विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने उहाँले बताउनुभयो । पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन आउने अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताउनुभयो ।
नेकपा संसदीय दलको बैठक जेठ ८ गते बसेको थियो । बैठकमा पार्टीका अध्यक्षद्वयले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउनुको जनतासँग गरिएको प्रतिवद्धता अनुसार कार्य गर्न निर्देशन दिनुभएको थियो ।