नेपाललाई अब गरिब देश होइन केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं

maitrinews


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । नुवाकोटको ककनीमा आज स्काउटको तेस्रो जम्बोरीको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशलाई केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताउनुभयो । ‘नेपाललाई अब गरिब देश होइन केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले बालबालिका, यूवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताउनुभयो । २०२४ ÷०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।’
जम्बोरीमा भाग लिन नेपाल सहित भारत,भुटान,बंगलादेशबाट सहभागी आएका छन् ।