पाल्पामा बस दुर्घटना : १३ जनाको मृत्यु, १० जना घाइते

पाल्पा । अवलोन भम्रणका लागि हिँडेका सहकारी संस्थाका सदस्य सवार बस दर्घटनाग्रस्त हुँदा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरासहित संस्थाका अध्यक्षको पनि मृत्यु भएको छ । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, कमला कार्की, तानसेन–६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, सचिन बज्रार्चाय, गिता बुढाथोकी डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन–२ का लोकनाथ ढकाल रहेका छन् । मृत्यु भएका मध्ये एक महिलाको नाम खुल्न सकेको छैन ।

मृतक मध्ये कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो भने अरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेहनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ । घाइते मध्ये प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

मिसन अस्पतालले घाइते मुना सारु र ओम मलेगोलाई लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने बस चालक अर्जुन थापालाई काठमाडौं लैजाने तयारी भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आर्चायले बताए ।