नेपाल कम्युनिस्ट पार्टी ( ने क पा) निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भर्इ बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले आज नेकपा दर्ता गरेको हो ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको संख्या नपुर्‍याए पनि नेकपालार्इ निर्वाचन आयोगले दर्ता गरेको हो । नेकपाले आगामी महाधिवेशनबाट महिलाको संख्या पुर्‍याउने गरी दलको मान्यता पाएको हो ।

आज बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई दल दर्ताको मान्यता दिएको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । पार्टी एकीकरणपछि नेकपाले ३ जेठमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो ।

तर, आयोगमा ऋषि कट्टेलको नेतृत्वमा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी नामको दल दर्ता रहेकाले एकीकृत पार्टीले नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाईन’ दर्ताका लागि निवेदन दिएको थियो ।

तत्कालीन समयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्णय अनुसार नेताद्वय सुवास नेम्बाङ र देव गुरुङले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाम परिवर्तनका लागि निवेदन दिएका थिए ।

नेता नेम्बाङले आयोगको बुधबारको बैठकले दलको हैसियतमा कानुनी मान्यता दिएको जानकारी दिँदै बिहीबार दिउँसो १ बजे आयोगले प्रमाणपत्र लिनका लागि आमन्त्रण गरेको बताए ।