भारतीय प्रधानमन्त्री मोदी र चिनिया राष्ट्रपति सीबीच वार्ता हुँदै

maitrinews

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिवार भेटवार्ता हुनेभएको छ । एकमहिनाका बीचमा नेपालका दुई छिमेकी सरकार प्रमुखहरुको यो दोश्रो भेटवार्ता हो । यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच चीनको मध्य चीनको उहानमा अनौपचारिक शिखर वार्ता भएको थियो ।

शिखर वार्तामा सिमा विवाद टुङयाउनेदेखि अफगानिस्तानमा संयुक्त परियोजना सञ्चालन गर्नेसम्म सहमति भएको थियो । उहान वार्तापछि प्रधानमन्त्री मोदीले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

नेपालले भारत र चीनसँग सन्तुलित सम्वन्ध राख्दै आएको र नेपालको बिकासका लागि सहयोग गर्न आग्रह गरिरहेका बेला मोदी र सीबीच भइरहेका वाक्ला वार्तालाई सकारात्मक रुपमा लिइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच शनिवारै वार्ता हुने बताएका हुन् ।

चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसन ९एससीओ० को अवसरमा उहाँहरुबीच वार्ता हुन लागेको हो । दुई सरकार प्रमुख स्वभाबिक रुपमा दुईपक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल हुन्छ नै, त्यसभन्दा पनि दुई राष्ट्रबीच विकसित हुँदै गरेको निरन्तरको सम्वादले एसियाली र दक्षिण एसियाली राजनीतिलाई समेत सकारात्मक प्रभाव पार्नेछ ।

चीनले बीआरआई अन्तगर्त पाकिस्तान प्रशासित काश्मिरहुँदै अघि बढ्ने सिपेक निर्माण गरिरहेको छ,जसप्रति भारतले असन्तुष्टी राख्दै आएको छ । नेपाल समेत बीआरआईमा जोडिएपछि चीनले नेपालकै छनौट र प्राथमिकतामा परियोजना निर्माण गर्दैछ । भारतले बीआरआईमा जोडिन चाहेको देखिदैंन, त्यसमध्ये एउटा कारण सिपेकको निर्माण पनि हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार, मोदी र सीबीच चीनको बेल्ट एण्ड रोड ईनिसिएटिभ लगायतका एजेण्डामा समेत छलफल हुनेछ । व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।
उहाँहरुबीच उहानमा भएका सहमति कार्यान्वयनलाई प्रमुख एजेण्डा बनाइएको छ । मोदीले राष्ट्रपति सीसहित अन्य सरकार प्रमुखहरुसँग समेत द्धिपक्षीय भेटवार्ता गर्दैछन् । त्यसवारे पनि तयारी भइरहेको मन्त्रालयले जनाएको छ । एससीओमा पाकिस्तानमा राष्ट्रपति पनि सहभागि हुँदैछन । प्रधानमन्त्री मोदीले पाकिस्तानी राष्ट्रपतिलाई भेट्ने वा नभेट्ने वारे निर्णय भएको छैन ।

चीनले नेतृत्व लिएको एससीओको भारत र पाकिस्तान गत बर्षमात्र पूर्ण सदस्य भएका हुन् । भारतको प्रवेशसँगै ८ सदस्यीय यो समुहको वैश्विक कूटनीति, क्षेत्रीय भूराजनीति र व्यापार सम्झौताहरुमा वलियो प्रभाव रहने बताइएको छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच छिमेकी देशहरुको बिकासमा संयुक्त साभेदारिताको प्रयास अफगानिस्तानबाट शुरु गर्ने सहमति भइसकेको अवस्थामा नेपाल लगायतका अन्य देशमा पनि यो विस्तार हुनुपर्छ । अव भारत र चीनले आफ्ना वरपर शत्रुतापूर्ण प्रतिस्पर्धा होइन, मित्रवत् सहकार्य गर्नुपर्छ । त्यसो हुन सकेमा दक्षिण एसियामा बिकास र शान्तिको सम्भावना बढ्नेछ ।