३३ किलो सुनकाण्डबारे बाजेको सेकुवामा छापा

maitrinews

काठमाडौँ । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन टोलीले अनामनगरस्थित बाजेको सेकुवामा छापा मारेको छ । टोलीले रेस्टुरेन्ट सञ्चालक चेतन भण्डारीको पनि सुन तस्करीमा संलग्न रहेको आशंकामा छापा मारेको हो ।
सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ। सुन तस्करी काण्डमा उनी फरार प्रतिवादी हुन्।

भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्। भण्डारी उप्रेतीका भान्जा नाता पर्छन्।

समितिका एक सदस्यले भने, ुबाजेको सोकुवाको सबै चेन रेष्टुरेन्ट शिलबन्दी गरिनेछ।ु ती सदस्यले अदालतको आदेश अनुसार यो काम हुन लागेको बताए।

बाजेको सेकुवाको नामबाट काठमाडौं उपत्यकाभित्र सञ्चालीत ५ वटा रेष्टुरेन्टमा स‌ंगठीत सुन तस्करीमाथि अनुसन्धान गरिरहेको विशेष समितिले शिलबन्दी गरेको छ ।