सामसङ्गको नयाँ एयर प्युरिफायरको साथ स्वच्छ सास

maitrinews


काठमाडौं । नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले हालै एएक्स ३००० एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । सामसङको एएक्स ३००० एयर प्युरिफायरले शीघ्ररुपमा कोठाको हावालाई स्वच्छ बनाउदछ । यसमा भएको पि एम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छवातावरण सिर्जना गराउदछ ।
एएक्स ३००० सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावालाई स्वच्छ पारी प्रभावकारी रुपमा कार्य गर्दछ । नेपाली बजारमा उपलब्ध एएक्स ३००० एयर प्युरिफायरको मूल्य २२४९० रहेको छ । एएक्स ३००० ले उच्च रुपमा हावालाई स्वच्छ पार्न सक्दछ । ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको छ । यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न सक्दछ । यसमा आउट अद्वितीय फिल्टरहरु जस्तैः प्रि फिल्टर, डियोडराइजेशन फिल्टर र फि एम २.५ फिल्टर रहको छ ।

विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ । यसको सेन्सरले पि.एम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ ।
सामसङ एयर प्युरिफायर एएक्स ३००० नेपाल अधिराज्यभरका सामसङका डिजिटल प्लाजा तथा निश्चित आधिकारिक सामसङ डिलरहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।