नेपाल र चीनबीच सहयोग कार्यान्वयन गर्न द्विपक्षीय संयन्त्र बन्ने

maitrinews

काठमाडौँ । नेपाल र चीनबीच द्विपक्षीय सहयोगसम्वन्धि कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्न एक द्विपक्षीय संयन्त्र स्थापना हुनेभएको छ ।

त्यससम्वन्धि समझदारीको मस्यौदा नेपाल सरकारले स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने सम्बन्धि सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको हो ।

बैठकले लेखापरिक्षण विद्येयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रबक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सूचना प्रविधि तथा सार्वजनिक प्रशारण सम्बन्धि नयाँ विद्येयक तर्जुमा गर्न सैद्धाान्तिक सहमति दिएको पनि उहाँले बताउनुभयो ।

बैठकले नेपाल खानेपानी बोर्डमा १९ जना बोर्ड सदस्य रहने व्यवस्थालाई परिमार्जन गरी ९ जना सदस्य कायम रहने व्यवस्था गरेको छ । उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र बीरगंजको प्रस्तावित दरबन्दी स्वीकृत गर्ने र शिक्षा विज्ञान प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना सम्बन्धि प्रस्तावलाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।