नेकपाको कार्यवाहक अध्यक्षमा नेपाल

maitrinews

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनुअघि तीन नेतालाई फरक फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिनुभएको छ । अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले ओली हिँड्दा तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल बन्नुभएको छ । अर्का अध्यक्ष प्रचण्ड पनि नभएकाले पार्टीमा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा छन् ।

२०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजिनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो । उहाँ १४ वर्ष नेकपा एमालेको नेतृत्वओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री त गरेपछि बरिष्ठ नेताको हैसियतमा हुनुहुन्थ्यो ।
कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सन्चालनको नेतृत्व गर्नुहुनेछ । दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधिको नेतृत्व गर्नुहुनेछ ।