मुलुकमा विपद् पूर्वतयारीका लागि थप स्रोतसाधन माग

maitrinews

काठमाडौँ । वर्षायाम शुरू भएसँगै हुने सम्भावित बाढी, पहिरोजस्ता विपद्लाई रोक्न प्रदेश, जिल्ला र स्थानीय तहलाई सरकारले छुट्टै बजेट उपलब्ध गराउनुपर्ने प्रदेशका पदाधिकारीहरूले बताएका छन्।
संघीय संरचना लागु भइसकेकाले नीतिगत अस्पष्टता सम्बोधन गर्न प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीहरू समेत उपस्थित विपद् व्यवस्थापन पूर्वतयारीसम्बन्धी एउटा बैठकमा निर्देशन दिएका थिए।
केन्द्र सरकारसँग विपद् व्यवस्थापनका लागि झण्डै ३ अर्ब रुपैयाँको बजेट छ।
तर प्रदेश र स्थानीय तहले आफैँले स्रोत जुटाउनुपर्ने अवस्था रहेको भन्दै अझ बढी लगानी गरिनुपर्नेमा जोड दिएका छन्।