नेपाल—चीन जोड्ने आठवटा उत्तरी नाका खोलिने

maitrinews

बेइजिङ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षीबीच आठवटा उत्तरी नाकाबाट नेपालले मालसामान ढुवानी गर्न तिब्बती राजमार्गको प्रयोग गर्न पाउने सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसबाट कालान्तरमा नेपालले दुई देशबाट मात्र नभइ तेस्रो मुलुकबाट समेत सामान ढुवानी गर्नका लागि बाटो खुल्न मद्दत पुग्ने आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार तिब्बतबाट सामान ढुवानी गर्ने र तिब्बततर्फ मालसामान निर्यात गर्न बझाङ, रसुवागढी, दार्चुला, ताप्लेजुङ र हुम्लातर्फको व्यापारिक नाकाहरू खोल्ने सहमति प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हुन सक्नेछ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी रामबाबु ढकालले भने, अहिले नै नाका खोल्ने विषयमा सम्झौता हुन्छ। त्यसमा हस्ताक्षर भएपछि नाकाहरूमा के कस्ता पूर्वाधार बनाउनुपर्ने हो त्यसबारे अध्ययन गरिनेछ।