काठमाडौँ महानगरले ल्यायो १३ अर्व २ करोडको बजेट, कुन शीर्षकमा कति रकम ?

maitrinews


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७५–७६ को बजेट प्रस्तुत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै ६ दिने औपचारिक चीन भ्रमणमा जानु भएका काठमाडौँ महानगर पालिकका मेयर विद्यासुन्दर शाक्य स्वदेश फर्केकै दिन नगर सभाको तेस्रो वैठकमा सो बजेट प्रस्तुत गरिएको हो । बजेको सबैले स्वागत गरेका छन् । बजेटमा आर्थिक विकास, सामाजिक विकास ,पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासन जस्ता विषयलाई समेटएिको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरले आगामि बर्षका लागि १३ अर्व २ करोड १२ लाख ३७ हजारको विनियोजन बजेट प्रस्तुत गरेको हो । महानगरले पूर्वाधार विकासमा तीन अर्व ६ करोड २५ लाख विनियोजन गरेको छ । सो रकम रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माण, दरबार हाईस्कुल निर्माण, आधुनिक आकाशे पुल, अन्तराष्ट्रिय स्तरको सभाहल निर्माण लगायत बहु वडामा सञ्चालन हुने ठूला आयोजनाहरु ख्र्च गरिने छ ।
त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च जस्तै तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मत सम्भार, कर्मचारी क्षमता विकास, कार्यालय सम्पति व्यवस्थापन, शुसासन प्रर्वद्धन, समन्वय तथा अनुगमन, कर्मचारी व्यवस्थापन भर्ना तथा छनौट र कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन भर्ना तथा छनौट, कर्मचारी तालिम तथा क्षमता विकास कार्यक्रम, भगिनी शहर स्थापना, सास्कृतिक प्रचार प्रसारका लागि श्रव्य दृश्य सामाग्री तयारी, ब्रोसर छपाई कार्यलगायतका प्रशासनिक खर्चका लागि महानगरले रु.१ अर्ब ९३ करो २ लाख विनियोजन गरेको छ । शहरी विकास शीर्षकमा महानगरले ७ करो ८१ लख छुट्याएको जानकारी दिएको छ ।
बिपद् व्यवस्थापनमा महानगरले १६ करोड ७८ लाख छुटएको जानकारी दिएको छ । महानगरलाई प्रदुषण एवं धुलो धुवालाई न्यूनिकरण गरी नो माक्स सिटीका रुपमा विकास गर्ने नीति अन्तर्गत सार्बजनिक स्थलहरुमा बृक्षरोपण, हरियाली प्रर्बद्धन, पार्क निर्माण, रत्नपार्क सुदृढिकरण कार्यक्रम, समुदाय परिचालनमा फोहोरमैला व्यवस्थापन कार्यक्रम, फोहोरमैला व्यवस्थापनका लागि विभिन्न उपकरणर सवारी साधनका पार्टस खरिद, ग्रिन सिटि प्रबर्द्धन गर्ने, स्मार्ट सार्वजनिक शौचालय निर्माण, सरसफाई, तत्काल बैकल्पिक ल्याण्ड फिल्ड साइट व्यवस्थापन सम्बन्धी कार्यक्रमका लागि रु.५करोड ४५लाख विनियोजन गरेको छ ।
सामाजिक विकास जस्तै जेष्ठ नागरिकहरुलाई पूर्व प्रधानमन्त्री एवंम् नेकपा एमालेका पूर्व अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा मनमोहन जेष्ठ नागरिक सम्मान कार्यक्रम, नेपाली काग्रेँका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान, सहयोगापेक्षी मानवहरुको सेवाका लागि सहकार्य, सवारी साधन खरिद तथा आश्रमस्थल निर्माण, सार्बजनिक पुस्तकालय निर्माण, अनलाइन रोजगार सूचना केन्द्र स्थापना, महानगर हेल्थ क्लब निर्माण, गृहणी महिलाका लागि घरमै रोजगार कार्यक्रम, महिला हिंसा न्युनिकरण कोष, शिशु स्याहार केन्द्र स्थापना, मातृशिशु कल्याण कार्यक्रम, खेलकुद विकास कार्यक्रम, लक्षित बर्ग उत्थान कार्यक्रम लगायतका कार्यक्रमका लागि जम्मा रु. ९६करोड ८५ लाख विनियोजन गरेको जनाएको छ ।
सूचना र आई.टी रु. २१ करोड ५८ लाख, स्वास्थ्यमा १३ करोड ५८ लाख, शिक्षामा रु.१ अर्ब १० विनियोजन गरेको पनि महानगरले जानकारी दिएको छ । त्यस्तै सम्पदा र सम्पदा–संस्कृति राष्ट्रको संरक्षण लगायतका कार्यक्रमका लागि रु. ५१ करोड ६७ लाख विनियोजन गरिएको पनि महानगरले जानकारी दिएको छ ।