विश्वकपः पोर्चुगल, स्पेन दोस्रो चरणमा

maitrinews

 

मस्को । पोर्चुगल र स्पेन रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन्।
सोमवार राति दुवै देशले खेलेका खेल बराबरीमा सकेका थिए।
इरानसँग पोर्चुगलको १—१ गोलको बराबरीमा र मोरक्कोसँग स्पेनको खेल २—२ गोलको बराबरी भयो।

पेनाल्टीबाट गोल हानेको इरानले क्रिष्टियानो रोनाल्डोको पोर्चुगलविरुद्धको खेल बराबरीमा टुङ्गाएको हो।

रोनाल्डोले आफ्नो टोलीका लागि पेनाल्टीबाट गोल हान्ने एउटा अवसर गुमाए।

भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधिबाट हेरेर रोनाल्डोलाई रातो कार्ड देखाउने वा नदेखाउनेबारे टुङ्गो लगाइएको थियो।

पहिलो ुहाफुको अन्त्यतिर सनसनीपूर्ण गोल गर्दै रिकार्डो क्वारेस्माले पोर्चुगललाई अग्रता दिलाएका थिए।

तर समूह बी को अन्तिम खेलमा सोमवार राति त्यो अहिलेसम्मकै विवादित बन्यो।
पोर्चुगललाई पेनाल्टी दिने निर्णयपछि विवाद शुरू भयो।

दोस्रो चरणमा पोर्चुगलले युरुग्वेसँग शनिबार प्रतिस्पर्धा गर्नेछ भने स्पेन र आयोजक रुसबीच आइतवार भिडन्त हुनेछ।

सोमवार राति सम्पन्न अर्को खेलमा रुसविरुद्ध युरुग्वेले शानदार नतिजा निकालेको छ।

रुसलाई ३—० गोल अन्तरले हराउँदै युरुग्वे समूह ए को शीर्ष स्थानमा रहन सफल भएको छ।

१० मिनेटमै युरुग्वेका लुइस स्वारेजले ुफ्री किकुमा गोल हानेपछि रुस विपक्षीभन्दा पछाडि पर्न गएको थियो।