विश्वकप फुटबलः जर्मनीको लाजमर्दो बहिर्गमन

maitrinews

मस्को । सन् २०१४ को विश्वकप विजेता जर्मनी लाजमर्दो ढङ्गले रुस विश्वकपको समूह चरणबाटै बाहरिएपछि प्रशंसकहरूले आश्चर्य र निराशा प्रकट गरेका छन्।
जर्मन च्यान्सलर एङ्गेला मर्केलले पराजयले आफू दुःखी भएको बताएकी छन्।
एउटा दैनिक समाचारपत्र बिल्डले त्रासदीपूर्ण सपना वास्तविकतामा रूपान्तरण भएको उल्लेख गरेको छ।

जर्मनीको राष्ट्रिय टोलीको ट्विटर खातामा ुशब्दविहीनु लेखिएको छ जसले देशको राष्ट्रिय मनस्थिति झल्काउँछ।
चार पटकको विश्वकप विजेताले दक्षिण कोरियासँग हार बेहोरेको हो।
यो जर्मनीको सन् १९३८ यताको सबैभन्दा खराब विश्वकपबाट बहिर्गमन हो।