सिटिजन्स बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सहकार्य

maitrinews


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल,टोखाबिच बैंककाग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत वोधराज देवकोटातथा अस्पतालका तर्फबाट मार्केटिङ तथाव्यापारप्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीनल ाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।