देउवाविरुद्ध दह्रो मोर्चाबन्दी, महासमिति बैठक अनिश्चित

maitrinews

काठमाडौँ । नेपाली कांग्रेसमा महासमितिको बैठकका लागि दवाव बढेको छ । तीनै तहको निर्वाचनमा कांग्रेस नराम्ररी परमजय भएपछि र नयाँं संरचना अनुसारका संगठन निर्माण हुन नसकेपछि यस्तो दवाव बढेको हो । यस अघि बसेको केन्द्रीय समितिको बैठकमा समेत महासमितिको बैठक बोलाउन केन्द्रीय सदस्यहरुले माग गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालालगायतका नेताहरुसँग परामर्श गरेर छिट्टै महासमितिको बैठक बोलाउने तयारी गरेका हुन् । यसका लागि महासमितिको बैठकका लागि आवश्यक गृह कार्य गर्नका लागि सभापति शेरबहादुर देउवाले एक कार्यदल गठन गर्ने आश्वासन समेत दिएको एक नेताले बताए। सो कार्यदलले गृह कार्य गरेर सभापति देउवा समक्ष महासमितिको बैठकको तिथि र स्थानबारे सिफारिस गर्ने बताईएको छ ।

महासमितिको बैठक आागामी भदौको अन्तिम साता या असोजको पहिलो साता मिति घोषणा गर्ने तयारी भइरहेको स्रोतले दावी गर्यो ।

मौसमको अनुकूलतासमेतलाई मध्यनजर गर्दै सभापति देउवाले रुपन्देहीको भैरहवा या काठमाडौंमा बैठक डाक्ने आफु निकट नेताहरुलाई बताउने गरेका छन् ।

कांग्रेसले गत ८ गते हेटौडामा जिल्ला सभापतिको भेला सम्पन्न गरेको थियो । उक्त भेलाले पारित गरेको प्रस्तावलाई समेत मध्येनजर गर्दै महासमिति बैठकबाट विधान संशोधनलगायतको महत्वपूर्ण काम सम्पन्न गर्ने कांग्रेसको तयारी छ । विधान संशोधन नहुँदा कांग्रेसले संघीय संरचनाअनुसार सातओटै प्रदेशमा कमिटीहरुसमेत गठन गर्न सकेको छैन ।

नेपाली कांग्रेसको पछिल्लो समीकरणका कारण पनि देउवा महासमितिको बैठक बोलाउन अन्यौलमा परेका छन। बिधानमा शक्तिसाली भएका देउवा पछिल्लो समयमा आफु विरुद्धको मोर्चा बलियो बन्र्दै गएपछि रक्षात्मक अवस्थामा देखिएका छन् । केही समय पहिले भएका तीन जनबर्गीय संगठन कर्मचारी युनियन, टे«ड युनियन र शिक्षक संघमा देउवा पक्ष नराम्ररी पराजय भएको थियो ।