कृष्णभीरमा पहिरो जाँदा जिप पुरियो ,तत्कालै उद्धार

maitrinews

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरिएको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।
उनका अनुसार जीपको उद्धार गरिएको छ । कुनै मानवीय क्षति समेत भएको छैन ।

‘हामी अगाडि बढ्दै थियौं । माथिबाट माटो खसिरहेको थियो’, जीप चालकको भनाइलार्इ उदृत गर्दै एक उद्धारकर्ताले भने, ‘त्यसैबीच जीप पुरियो ।’