पहिरोमा पुरिँदा रोल्पामा १८ दिने शिशुसहित तीन जनाको मृत्यु

maitrinews

दाङ । हिजोदेखिको अविरल वर्षाका कारण आएको पहिरोले पुरिँदा रोल्पामा तीन जनाको मृत्यु भएको छ । रोल्पा रुन्छिगढी गाउँपालिका वडा नम्वर ५ को सैबाङमा आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएर १८ दिने शिशुसहित सुत्केरी आमा २२ वर्षीया कमला बिक र १४ वर्षीया एक किशोरीको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नाबालक र किशोरीको घटनास्थलमै र सुत्केरी आमाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा मृत्यु भएको बताइएको छ ।
आज बिहान करिब ११ बजे आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।