ब्राजिल र बेल्जियम क्वाटर फाइनलमा

maitrinews

मस्को । विश्वकपको नकआउट चरणको दोस्रो खेलमा एसियाली टोली जापान बेल्जियमसँग स्तब्ध भएको छ।

निकै रोमाञ्चक खेलमा बेल्जियमसँग ३—२ गोल अन्तरले पराजित भएसँगै जापानको रुस विश्वकप यात्रा टुङ्गिएको छ।

मध्यान्तर अघिसम्म कुनै पनि टोलीले गोल गर्न सकेको थिएन।

मध्यान्तरपछिको शुरूतिरै शानदार दुई गोल गर्दै जापानी टोलीले बेल्जियमसँग २—० को अग्रता लिएको थियो।
शून्य विरुद्ध दुई गोलले मेक्सिकोलाई हराएर विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वाटर फाइनलमा पुगेको छ।

ब्राजिलले मध्यान्तर सकिए लगत्तै मेक्सिको विरुद्ध अग्रता लिएको थियो।

२६ वर्षीय नेमारले पहिलो गोल गरेका थिए।