एनएमवी वैंक र एनसिएचआरसी क्यान्सर अस्पतालबीच सम्झौता

maitrinews


काठमाडौं । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एण्ट रिसर्च सेन्टर (एनसिएचआरसी) सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा एनउमवी बैंकका चिफ विजनेस अफिसर सुदेश उपाध्याय र एनसिएचआरसीका कार्याकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।
सम्झौता अनुसार एनउमवी भिसा डेविट तथा उनउमवी क्रेडिट कार्ड को प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ प्याकेज, रेडियोलोजी, ल्यावरोटरी तथा वेड चार्जमा १० प्रतिशत र ¥याडिएसन थेरापी तथा वार्च थेरापीमा ७ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।