कांग्रेसका कारण संसदीय समिति गठन हुन सकेन

maitrinews

 


काठमाडौँ । संघीय संसद गठन भएको यति लामो समय बितिसक्दा पनि नेपाली कांग्रेसका कारण संसदीय समिति गठन हुन सकेको छैन । सभामुख कृष्णबहादुर महराले सो पार्टीलाई पटक पटक समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन सो पार्टीलाई आग्रह गरेपनि आफ्नो दलले चारवटा सभापति पाउनु पर्ने अडानमा कांग्रेसले नाम उपलब्ध नगराएको स्रोतले बतायो ।

समितिमा दलगत संख्याका अनुपातमा सदस्य रहने ब्यबस्था छ । यसरी दलगत आधारमा सदस्य पठाउदा समितिमा कांग्रेसको उपस्थिति सानो हुने छ । कांग्रेसले सार्बजनिक लेखा समिति सहित चारसभापति आफ्नो दलले पाउने भए मात्र सदस्यको नाम पठाउने जिद्वि गर्दै आएको छ ।

सभामुखले भने पहिला समतिमा नाम पठाउन र त्यसपछि सहमति खोज्न आग्रह गर्दै आउनु भएको छ । संसदीय सुनुवाई समितिमा भने लगभग नाम प्राप्त भएको स्रोतले बतायो । तर सबै समितिको नाम प्राप्त भएपछि मात्र घोषणा गर्ने सभामुखको तयारी छ ।