प्रभु बैंकका दुईवटा शाखा कार्यालय सञ्चालनमा

maitrinews

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमारहेकाबैंकिङ्ग पहुँचबाट टाढा रहेकासेवाग्राहीहरुलाई सरल र सहज रुपमागुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउने लक्ष्य सहितप्रभु बैंकले बागलुङ्गजिल्लाको ताराखोलागाउँपालिका वडा नं. ३ र भोजपुर जिल्लाको हतुवागढि गाउँपालिका वडा नं. १ गरी २ वटा नयाँशाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बागलुङ्गजिल्लाको ताराखोलागाउँपालिकावडा नं. १ स्थित बैंकको ताराखोलाशाखा ताराखोलागाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले एक समारोहकाविच समुद्घाटन गरे ।
त्यसैगरी भोजपुर जिल्लाको हतुवागढि गाउँपालिका वडा नं. १ स्थितबैंकको हतुवागढि शाखाहतुवागढि गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले समुद्घाटन गरे ।
बैंकको ताराखोलातथा हतुवागढि शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला बागलुङ्ग तथा भोजपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्र भलाद्मी, व्यापारी, व्यवासायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । दुवै शाखाकार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममाप्रभु बैंकले गाउँपालिका मैशाखाकार्यालय सञ्चालनमाल्याएर बैंकिङ्ग पहुँचभन्दाबाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो घर दैलोबाट प्रभु बैंकको बैंकिङ्ग सेवाउपभोग गर्न सक्ने वातावरण बनेको बताए ।