मन्त्रिपरिषद् बैठकः भारतको राजदूतमा उप्रती

maitrinews


काठमाडौं । सरकारले भारतको राजदूतमा पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीको नाम सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। यस्तै मलेसियाको राजदूतमा उदयराज पाण्डे सिफारिस हुनुभएको छ। पाण्डे साउदीका लागि पूर्व राजदूत हुनुहुन्छ।

दीपकुमार उपाध्यायले राजीनामा दिएपछि भारतमा राजदूत नियुक्ति हुन सकेको थिएन।