सामसङको ग्यालेक्सी जे ४ नेपाली बजारमा

maitrinews


नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङ इलेक्ट्रोनिक्सले जे सिरिज अन्तर्गत ग्यालेक्सी जे ४ स्मोर्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो सिरिज सामसङको सबैभन्दा बढी बिक्री हुने रेन्ज हो । सामसङका विशेष फिचरहरु रहेको, ग्यालेक्सी जे ४ फोन मध्यम वर्गका समुह बीच विशेष रुपमा स्थापित हुने छ ।
ग्यालेक्सी जे ४ फोन युनिक उडभास ममोरी म्यानेज्मेण्टको साथ उपलब्ध रहेको छ । यस सुविधाबाट तस्वीर एवं भिडियोहरु एवं सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् ।
आजका युबाहरुको सेल्फीको आवश्यकतालाई मध्यजन गरी, ग्यालेक्सी जे ४ प्रस्तुत गरिएको छ । यसमा मिलाउन सकिने लिड फ्ल्यास रहेको छ, जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ ।