शिखर आरोहणमा नयाँ कीर्तिमान

अस्ट्रेलियाका एक पर्वतारोहीले ११७ दिनमा सातै महादेशका सर्वोच्च शिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । ३६ वर्षीय स्टिभ प्लेनले यस सिजनमा सगरमाथाको आरोहण गरेसँगै यस्तो कीर्तिमान कायम गरेका हुन् । उनले सबैभन्दा छोटो समयमा सातवटै महादेशका सर्वोच्च शिखर चढ्ने व्यक्तिको कीर्तिमान पनि कायम गरे । यसअघि यो कीर्तिमान पोल्यान्डका जानुस्ज कोचांस्कीको नाममा थियो । उनले १२६ दिनमा सातवटै महादेशका सात सर्वोच्च शिखर चढेका थिए । प्लेन सन् २०१४ मा एक दुर्घटनमा परी गम्भीर घाइते भएका थिए । त्यसपछि पनि उनमा आत्मविश्वास र साहसमा कमी आएन फलस्वरुप नयाँ कीर्तिमान बनाउन सफल भए ।