पुष्पलालको सपनाः सात दशकपछि पूरा

काठमाडौं । नेकपाका संस्थापक पुस्पलालले नेकपाको नामबाट कम्युनिष्ट घोषणा पत्र सार्बजनिक गरेका थिए । आज भन्दा ६८ बर्ष अघि उनले जारी गरेको घोषणा पत्रले यसबेला सार्थक रुप लिएको छ ।

उनले २००६ सालमा जारी गरेको घोषणा पत्रमा नेकपाको नाम उल्लेख थियो । २०१५ सालको आम निर्वाचनमा नेकपाले ४ सिट जितेको थियो । त्यसपछि बिभिन्न कारण देखाउँदै कम्युनिष्ट आन्दोलनमा बिभाजन आएको थियो ।

गत जेठ ३ गते नेपालमा कम्युनिष्ट आन्दोलनका दुई मुल प्रबाह नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि ६८ बर्ष पहिला पुस्पलालको सपना बल्ल पुरा भएको धेरैले महसुस गरेका छन् ।

यसै सद्यर्भमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । आज बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको छ ।

दिउँसोको स्मृतिसभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताको सहभागिता रहनेछ ।

कुनै बेला पुस्पलालका बिषयमा बिभाजित भएका नेतहरु केपी शर्मा ओली र पुस्पकमल दाहालले एकै साथ कार्यक्रममा सहभागिता जनाउने भएका छन् । यसबाट पनि पुष्पलालका सम्बन्धमा अब कुनै विवाद छैन