कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन

maitrinews

काठमाडौं । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुमन्त्री शेरबहादुर तामाङको मन्त्री पद नरहने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने सम्भावना छ । उद्यपी उनी आज दिउँसो मन्त्रालय जानेछन् र त्यसपछि मात्र राजीनामाबारे निर्णय लिने छन् ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।