शिष्टाचार भेट

maitrinews

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसङले शिष्टाचार भेट गरेका छन् । वरिष्ठ नेता पौडेलको निवास बालाजुमा मंगलबार बिहान भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो । 
भेटमा नेपालको कृषि क्षेत्रमा लगानी गर्न जापान तयार रहेको जानकारी राजदूत मासामिची साइगोसङले गराएका छन् । भेटमा वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकोमा राजदूत मासामिची साइगोसङलाई धन्यवाद दिएका थिए । 
नेपालको समृद्धिका लागि कृषि क्रान्ति, ऊर्जा शक्तिको विस्तार र पर्यटनको विकास आवश्यक भएकाले यी क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह गरिएको वरिष्ठ नेता पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिएका छन् ।