सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई बिशेष उपहार

maitrinews


काठमाडौं । सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिशेष उपहार दिने योजना ल्याएको छ । यो योजना अन्र्तगत सानिमा बंैकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिशेष उपहार प्रदान गरिने बै.कले जनाएको छ ।
यो योजना श्रावण, २०७५ महिना भरी चल्ने छ साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारकालागि प्रति व्यक्ति रु. २० हजार नबढ्ने गरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पताल सँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।
बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ७ प्रतिशत सम्मको उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।