नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच बैंंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे श्रावण ७ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।