विवादास्पद अभिव्यक्तिपछि कानुनमन्त्री तामाङद्वारा राजीनामा

maitrinews

काठमाडौँ । कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिनुभएको छ । आफ्नै अभिव्यक्तिका कारण अलोचित बनेका मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उहाँले राजीनामा दिनुभएको हो ।

नेकपाको सचिवालय बैठकमा नेताहरुले उहाँलाई राजीनामा गराउने बिषयमा सोमबार राति कुराकानी भएको थियो । उहाँको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उहाँको व्यापक अलोचना भएको थियो ।