सरकार र डा. केसी पक्षधरबीचको वार्ता असफल

maitrinews

काठमाडौं । सरकार र अनसनरत डा।गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षबीचको वार्ता असफल भएको हो । डा।गोविन्द केसी पक्षले आफ्नो मागका बारेमा सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाएको छ ।

केसी पक्षले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्रै आगामी दिनमा वार्तामा बस्ने अडान लिँदै बाहिरिएको छ । बाहिरिए लगत्तै डा।केीि पक्षधरले एक विज्ञप्तिमा जारी गर्दै सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै डा।केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको आरोप लगाएको छ । वार्ताका लागि सरकार पक्षका नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए ।