निगमको अर्को वाइड बडी मकालुु पनि आइपुग्यो

maitrinews

काठमाडौँ । नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ । उक्त एयरबसलाई मकालुु नाम दिइएको छ ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।

निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हो । निगमको पहिलो वाइड बडी विमान ुअन्नपूर्णु असार १४ गते काठमाडौं आइसकेको छ ।