मालपोत कार्यालय चितवनकोे राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट


काठमाडौं । ग्लोबल आइएमई बैंकले मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । उक्त काउन्टर ग्लोबल आइएमई बैंकको नारायणगढ शाखाको अन्तर्गत संचालन हुनेछ ।
यसअघि बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु – गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३१ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।