प्रधानमन्त्रीको पहलमा डा. केसी पक्षसँग वार्ता हुँदै

maitrinews

काठमाडौँ । २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको छ।

डा। केसी पक्षका वार्ताकार बालुवाटार पुगिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

शिक्षा सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने आफूसँग म्यान्डेट नभएको बताएपछि बुधबार साँझ केसी(सरकार वार्ता अवरूद्ध भएको थियो।

बुधबार अबेर राति प्रधानमन्त्री ओलीले डा। केसीका वार्ताकारलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए। केहीबेर वार्ता टोलीसँगको छलफलपछि उनले आफ्ना सहयोगीहरूलाई डा।केसीले उठाएका २२ वटै मागमा रातभरिमा विस्तृत छलफल गरेर बिहीबार बिहान त्यसको निचोड आफूसमक्ष पेश गर्न निर्देशन दिएका थिए।

रातभरिको छलफलका विषयवस्तु प्रधानमन्त्री ओलीलाई आज बिहान ‘ब्रिफिङ’ गरेपछि माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटालगायतसँग प्रधानमन्त्रीले बिहान थप छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले बिहान थप छलफल गरेपछि केसी अनसनको आजै सम्बोधन हुन सक्ने देखिएको छ। कुरा बिग्रिएन भने आजै टुंगिन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।