डाट्सन गाडी साट्ने योजना

maitrinews


काठमाडौं । नेपालका लागी ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले श्रावणको १० गतेदेखि १७ गतेसम्मको लागि नेपाल भर एक्स्चेन्ज योजना ल्याएको छ । मेगा एक्स्चेन्ज विक नाम दिइएको यस योजनामा ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्नुहुने छ ।
जो कोहीलाई नयाँ गाडी चढ्ने रहर हुन्छ र त्यो रहरलाई ड्याट्सनले उच्चतम मूल्याङ्कनका साथमापूरा गर्ने छ। नेपाल अधिराज्यभर रहेका आधिकारिक शोरुमहरुमा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी ७५,००० सम्मको एक्स्चेन्ज बोनस पनि पाउनुहुने छ । त्यति मात्र नभई १,७५,००० सम्मको क्यास डिस्काउन्ट अनि अन स्पाट फाइनान्सिङ्गको सुविधा पनि प्राप्त गर्नसक्ने कम्पनिले जनाएको छ ।
हरेक गाडीमा ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म सर्भिसिङ्ग तथा १ वर्षको सडक कर पनि समावेश गरिएको छ ।
रेडि गो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यी गाडीका विशेषताहरु रहेका छन् ।