टेलिकम सुधारको तीव्र अभियानमा कामिनी, साना–तिना उल्झनले फोरजी नरोकिने

maitrinews


काठमाडौँ । २०७३ असोज ९ गते प्रतिस्पर्धाबाट कामिनी राजभण्डारीले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्मालेपछि टेलिकममले निकै धेरै सुधारको संकेत देखाएको छ । टेलिकममा पहिलो पटक प्रतिस्पर्धाबाट छानिनु भएकी पहिलो महिला प्रबन्ध निर्देशक भएका कारण पनि उहाँले आफ्नो कार्यकालयमा टेलिकमलाई निकै माथि उठाउने तयारीसहित तत्कालिन, छोटा र दीर्घकालिन बनाउनु भएको टेलिकमकै कर्मचारीहरुले बताउने गरेका छन् । उहाँको यी योजना सफल भए कम्पनीमै रुपान्तरणको संकेत देखिने पनि कर्मचारीहरुले बताउँदै आएका छन् ।
उहाँको नियुक्तिअघि टेलिकमको सर्वोच्च कार्यकारी पदमा गैरप्राविधिक व्यक्ति बढी पुग्ने गरेका थिए । जसका कारण टेलिकम सुधार गर्ने भन्दा पनि आफ्नो दुनु सोझ्याउने र राजनीतिक दलका नेतालाई खुशी बनाएर अकुत कुम्ल्याउने ध्यानले गर्दा टेलिकमका दीर्घकालिन आयोजनाले गति नलिने र ती आयोजनाले पूर्णता पनि नपाउने गरेका थिए । तर, अहिले नेपाल टेलिकमको सर्वोच्च कार्यकारी पदमा प्राविधिक पृष्ठभूमि र प्रतिस्पर्धाबाट छानिनु भएकी कामिनीको प्रवेशसँगै टेलिकमले गति लिन थालको छ ।
उहाँले नेतृत्व सम्हालेपछि नै नेपाल टेलिकमले पहिलो पटक साधारणसभाका समयमा आफ्ना सेयरधनीलाई पहिलो पटक सबैभन्दा धेरै ५५ प्रतिशत बोनस बाँड्ने, पुराना प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि विस्तारलाई तीव्रता दिने जस्ता काममा ‘मुभ’ गर्नुभयो । त्यति मात्र होइन उहाँले आईपीमा आधारित प्रविधि सबैतिर पुर्याउर्ने, नयाँ बीटीएस सञ्चालन गर्ने, चीनको रसुवा गढीबाट ब्यान्डविथ नेपाल भित्र्याउने जस्ता कामलाई पनि नेतृत्वमा आएपछि तिव्रता दिनुभयो । अहिले उहाँले देशैभरि एकसाथ फोरजी एलटीई विस्तार गर्ने योजनालाई अन्तिम चरणमा पुर्याउनु भएको ।
यसरी एकपछि अर्को काममा सफलता प्राप्त गर्दै गएपछि त्यहीँ भित्रका प्रवन्धक र नायव प्रवन्ध निर्देशक तहकै केही कर्मचारी भने उहाँको कामलाई असफल बनाउन कम्मर कसेर लागेका छन् । उनीहरुको त्यस्तो प्रयासले कामिनीको काममा सामान्य तगारो बन्ने गरेको छ । ‘आफ्ना झण्डै १ करोड ८७ लाख ग्राहकलाई नयाँ–नयाँ सेवा दिने ध्याउन्नमा आफूलाई व्यस्त राख्नुभएकी प्रवन्ध निर्देशकज्युलाई बेला–बेला यहीँ भित्रका केही कर्मचारीले तगारो हाल्न खोजेपनि कामको गति अब रोकिनेवाला छैन,’ टेलिकमकै एक कर्मचारीले भने, ‘अब उहाँले ‘फोरजी’ को गतिमा ‘मुभ’ लिने संकेत गर्नुभएको छ । उहाँको काम गर्ने शैलीबाट आत्तिएका प्रवन्धक तहकै केही कर्मचारी जसरी पनि उहाँलाई असफल बनाउने योजनामा छन् । तर, योजना सफल हुँदैन ।’
कामिनीको कमव्याकपछि टेलिकममा भूकम्प
भारतको पञ्जाव विश्वविद्यालयबाट चारवर्षे इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रो कम्युनिकेसन इन्जिनियरिङ सकाएर नेपाल फर्किएलगत्तै २०४२ सालबाट नेपाल टेलिकममा ज्यालादारीबाट काम सुरु गर्नुभएकी कामिनीले त्यसको एक वर्षपछि स्थायी अधिकृत पद प्राप्त गर्नुभएको थियो । करीब ३३ वर्षदेखि टेलिकमका योजना, आयोजना, मर्मत–सम्हार, व्यपारलगायतलाई समेत राम्ररी नियाल्नु भएकी उहाँले प्रवन्ध निर्देशको पद प्राप्त गर्दा त्यही भित्रका पनि केहीले त्यो पदमा आँखा लगाएका थिए । तर, उहाँको विगतका कार्यकालमा पनि कम्पनीको सफलताका लागि योजना, आयोजनालाई कुशल ढंगले सञ्चालन गरेको र उहाँको दक्षता र क्षमताका अघि केही नलागेपछि थन्किएका कर्मचारी नै अहिले उहाँलाई सबै भन्दा बढी असफल बनाउँन लागेको चर्चा टेलिकम भित्र पनि चल्ने गरेको छ ।
मन्त्री फेरिने वित्तिकै मन्त्रीको चाकडी गर्न पुगिहाल्ने ती कर्मचारीले वर्तमान वामपन्थी नेतृत्वको सरकारका मन्त्रीलाई पनि रिजाउन निकै बल गरेका थिए । कामिनीलाई व्यवस्थापकीय काम गर्न नसकेको, संस्था निरन्तर ओरालो लागेको, टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किदैँ गएको, कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको जस्ता तथ्यहीन र भ्रमपूर्ण प्रचार गरेर उहाँलाई असफल बनाउने प्रयास टेलिकम भित्रकै केही सिमित कर्मचारीले गरेका थिए । उनीहरुले पनि निरन्तर त्यस्तै अफवाह फैलाएपछि सम्वन्धित नियकायबाट कामिनीको कामका बारेमा सामान्य चासो व्यक्त भएको थियो ।
कामिनीलाई कमजोर बनाएर हटाएपछि बह्मलुट गर्ने योजनामा रहेका केही कर्मचारीको त्यो प्रयास असफल मात्रै भएनन् २०७५ साल जेठ ३० गते सुचना तथा सञ्चार मन्त्रालयले उहाँलाई काम सुचारु गर्नु भन्ने निर्देशनसहितको पत्र पठाएपछि भुँइचालो नै आयो ।
कामिनी गफ होइन काम खोज्ने तयारीमा
बजार अध्ययन गरी बजार नीति ल्याउने, टेलिकमको गुणस्तरमा अझ सुधार ल्याउने, मर्मत–सम्हार प्रणालीमा सुधार ल्याउनेसहितका कामिनीलाई ११ बुँदे निर्देशन दिएपछि उहाँले अझ काममा अझ थप गतिका साथ ‘मुभ’ गरेको टेलिकम स्रोतले बताएको छ । ‘उहाँ पछिल्लो समय टेलिकम भित्रकै शुद्धिकरणमा लाग्नुभएको छ,’ स्रोतले भन्यो, ‘अब कार्यालय भित्र अनावश्यक कुरा गर्ने तर काम नगर्ने बरु कुन–कुन ठाउँमा फायल राखेको छ । त्यसको चाहिँ बढी खोजिनीति गर्ने, कम्पनीलाई पछि धकेल्न योजना मात्रै बुन्ने, भित्रै झगडा पैदा गर्ने गराउने जस्ता कर्मचारीप्रति उहाँले निर्मम बन्ने संकेत गर्नुभएको छ ।’
कम्पनीको तलब–भत्ता खाएर कम्पनीलाई नै कमजोर बनाउन लाग्ने र शक्तिकेन्द्र धाएर कमजोर बनाउने खेलोमेलोमा लाग्ने कर्मचारीलाई कारवाही गरेर भए पनि कामलाई गति दिने योजनमा समेत कामिनी रहेको बुझिएको छ ।
प्रवन्ध निर्देशकको दौडमा लागेका तर कामिनीसँग असफल भएका त्यहीका प्रवन्धक र नायव प्रवन्ध निर्देशकलगायतका कर्मचारी अहिले पनि कामिनीलाई असफल बनाउने ध्यानमा मात्रै केन्द्रित रहेको बुझिएको छ । कामिनीलाई विभिन्न बाहनामा ‘आउट’ गरे हालीमुहाली गर्ने उनीहरुको सपनामा कामिनीको काम गर्ने शैली तगारो बनेपछि उनीहरु थप समस्यामा रहेको पनि बुझिएको छ । अहिले त्यहि योजना अनुसार नै कामिनीका योजनालाई असफल बनाउने षडयन्त्रसहित केही कर्मचारी योजना नै बनाएर लागेपछि कामिनीले पनि ती कर्मचारीका सन्दर्भमा निर्मम बन्ने तयारी गरको बुझिएको छ ।
अहिले कामिनी कम्पनीलाई माथि उठाउने महत्वपूर्ण योजनाहरु भीसेट टावर आदिलाई भ्यालु एडेड सर्भिसका रुपमा अघि बढाउने योजना पनि उहाँले अघि बढाउनु भएको बुझिएको छ । कामिनीको योजनाबाट आत्तिएर त्यहीका कर्मचारीलाई उचाल्ने, योजना असफल बनाउन विभिन्न षडयन्त्र गर्ने चलखेल सबै असफल हुने पनि त्यहीका कर्मचारीको भनाई छ ।
फोरजीको ‘मुभ’
‘कुकुर भुक्दै गर्छ हात्ती लम्किदैँ गर्छ’ भन्ने जननेता मदनकुमार भण्डारीको भनाई जस्तै अहिले प्रवन्ध निर्देशज्यु दूरासययुक्त योजनामा लागेका केही व्यक्तिको तगारो छिचोल्दै काममा अघि बढ्नु भएको छ,’ त्यहीका एक कर्मचारीले भने, ‘उहाँ हजारौँ माइलको यात्रामा हुनुहुन्छ । यात्रामा आएका साना–तिना अल्झनलाई उहाँ टेक्दै अघि बढ्नु हुन्छ ।’ अहिले पनि केही व्यक्ति कामिनीको योजना असफल बनाउन तील जत्रा कुरालाई पहाड जत्रो बनाएर लागेका भए पनि ती योजना कुनै पनि सफल नहुने स्रोतको दाबी छ । ग्रामिण दुरसञ्चारकोशबाट मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड र प्रदेश १, २, ३ मा अप्टिकल फाइवर सेवा जडान गर्ने, नेपाल दूरसञ्चार प्राविधकरणबाट लागत व्याहोर्ने गरी भूकम्प प्रभावित ४ जिल्लाका ७ सय ४७ स्थानमा व्रोडव्याण्ड सेवा जडान गर्ने जस्ता काम सम्पन्न भएको र टेलिकमले फोरजी आर्थात लङ ट्रम इभालुएशन प्रविधिमा आधारीत चौथो पुस्ताको मोवाइल इण्टरनेट सेवा विस्तारलाई तीव्र गतिका साथ अघि बढाउने तयारी थालेको छ । तर, अहिले धर्नुधारी अर्जुनले चरो, चरोको पनि आँखा र आँखाको पनि नानी मात्रै देखेको कथा जस्तो त्यहीका केही कर्मचारी टेलिकमले अघि सारोका हरेक योजना असफल बनाउने ध्याउन्नमा मात्रै लागेको पनि टेलिकम स्रोतले जानकारी दिएको छ । उहाँको यस्तो योजना धर्नुधारी अर्जुनको जस्तो निपूण छैन,’ अर्का एक कर्मचारीले भने, ‘उहाँ गलत प्रयासमा लाग्नु भएको छ ।’