घर भत्कँदा रु २१ लाख क्षति

maitrinews

 

 

हुम्ला ।    हुम्ला जिल्लामा लगातार पानी परेसँगै साउन १३ गतेको राति सिमीकोटबाट उत्तरी भेगमा पर्ने नम्का गाउँपालिका–२ बस्ने टक्कबहादुर लामाको घर पूर्णरुपमा क्षति भएको छ । 

धारापुरी चौकीबाट सोमबार मुजुल्का गरी रु २१ लाख बराबरको क्षति भएको स्थानीय बासिन्दा छिरिङले फोनबाट आज बिहान जानकारी दिनुभयो ।