शोक प्रस्ताव पारित

maitrinews

 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित ग¥यो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । साथै बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहनुभएको जोशीको हिजो काठमाडाँैस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि साउन १७ गते दिनको ११।३० बजे बस्नेछ ।