इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु

maitrinews

 

काठमाडौं । राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा शुक्रबार तीनजना मदजुरको मृत्यु भएको छ। इनार सफा गर्न क्रममा निसास्सिएर तीनैजनाको मृत्यु भएको प्रहरीले बताएको छ।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले उद्दार गरेपनि उनीहरुको इनाभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले जानकारी गराएका छन्। मृत्यु हुनेमा काठमाडौ महानगरपालिका २६ का ७० वर्षीय मेखवर्ण गौतम, भारत हाजिपुरका अशोक कुमार र कैलाली टिकापुरका रमेश चौधरी रहेको प्रहरी बताएको छ।