गुडिरहेको बस खोलाले बगायो, १७ घाइते, ५ को अवस्था गम्भीर

maitrinews

दाङ । दाङमा खोलाले गुडिरहेको बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन्। घाइते मध्य ५ जनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल ९गर्भवती०, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं। २ निवासी ३८ बर्षीया होमा देवकोटा र उनका पति ४० बर्षीय द्रोर्ण देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।

त्यस्तै अन्य घाइतेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ बसन्तपुर निवासी १९ वर्षीय मिनबहादुर ओली, रुकुमको धर्मशाला गाउँपालिका निवासी ६५ वर्षीय पूर्ण रोका, दाङको शान्तिनगर गाउँपालिका वडा नं। २ निवासी ३५ बर्षीय खलकुमारी बस्नेत, उनका पति ३२ वर्षीय कर्णबहादुर यरी, दाङ घोराही उपमहानगरपालिका वडा नं। १९ निवासी २२ बर्षीय विजय बुढा, सोही ठाउँकै ५१ वर्षीया ज्योती बुढा, कैलाली जिल्लाको लम्कीचुवा गाउँपालिका वडा नं। ४ निवासी १८ बर्षीय सुवाश चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ निवासी ५० वर्षीया विमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी ३८ वर्षीया दुर्पता परियार, सोही ठाउँकै २८ बर्षीया लक्ष्मी परियार, गाडीका चालक कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा नं। ३ निवासी ५१ बर्षीय पूर्णानन्द भण्डारी र नाम नखुलेका सह–चालक रहेको राप्ती अञ्चल अस्पतालकले जानकारी दिएको छ ।

गम्भीर घाईते ५ जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। कतिपय डिस्चार्ज भइ घर गइसकेका छन् ।

धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै ना ४ ख ८१३६ नम्बरको बस आइतबार साँझ ६स्१० मा तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ स्थित ग्वारखोलाको बाढीले बगाउँदा उक्त दुर्घटना भएको थियो।