काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण, ४० लाख रुपैयाँ फिरौती माग

maitrinews

 

काठमाडौँ । काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरण गरिएका छन् । उनलाई आइतबार साँझ आफ्नै घर नजिकबाट अपहरणमा परेको प्रहरीले बताएको छ । सोमबार बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी ४० लाख रुपैयाँ माग गरेको बताइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ । एसएसपी पोखरेलका अनुसार घटनामाथी अनुसन्धान सुरू भइसकेको सकेको छ ।