पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

maitrinews

 

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहिबार प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति क्षेत्रीले  थापालाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको ओहदाबाट क्षत्रीले आगामी भदौ २४ गते नेपाली सेनाबाट अवकाश पाउनेछन् । 

परम्परा अनुसार क्षेत्री भोलि साउन २५ देखि बिदामा बस्ने हुँदा बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका हुन् । बलाधिकृत रथी थापालाई साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठकबाट साउन २५ गतेबाट लागू हुने गरी प्रधानसेनापतिमा कायम मुकायमकको जिम्मेवारी दिएको थियो ।

बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी थापाले काठमाडौं—तराईरमधेश दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई आजकै मितिबाट हस्तान्तरण गरेका छन् ।