सीमापारिदेखि काठमाडौँसम्म लागूऔषधको सञ्जाल

लहान । असार दोस्रो साता लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषधसहित महेश बस्नेतलाई पक्राउ गर्यो। उनलाई विभिन्न किसिमका लागूऔषध ९सुई, झोल, ट्याबलेट० सहित ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु ग(यो। बस्नेतसँगको सोधपुछमा ब्युरोका प्रहरी अधिकारीले लागूऔषधको सञ्जाल पत्ता लगाए । त्यो हो, सीमापारिदेखि काठमाडौंसम्मको जालो । लागूऔषध सीमापारि ९भारत० बाट आउने भए पनि खरिदकर्ता र सेवनकर्ता सीमावारि ९नेपाल० कै रहेको अनुसन्धानबाट खुलेको छ।

सीमापारिबाट लागूऔषध खरिद गरी आफूकहाँ पु(याउने गिरोहका एक सदस्य सप्तरीको बलानबिहुल गाउँपालिका मौवाहा बेल्ही टोलका २८ वर्षीय श्रीप्रसाद यादव भएको बस्नेतले बयान दिएका छन् । उनकै बयानका आधारमा प्रहरीले यादवलाई असार २९ गते लहानबाट पक्राउ गरेको छ । सीमापारिका लौकाहा, खुटौना, लौकहीबाट लागूऔषध खरिद गरी लहानमा भण्डारण गर्ने र यहाँबाट सार्वजनिक सवारीसाधनमा राखेर काठमाडौं सप्लाई गर्दै आएको यादवमाथि आरोप छ। ब्युरोले उनी संलग्न रहेको गिरोहबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ। असार तेस्रो साता उदयपुर प्रहरीले लालपत्तानजिकबाट करिब ६ सय एम्पुल लागूऔषध सुईसहित सोही ठाउँका भरत खड्कालाई पक्राउ ग(यो। खड्कालाई फेनारगन, लुपिजेसिक, डाइजेल्याबसहितका लागूऔषध प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट बरामद उक्त परिमाणको लागूऔषध काठमाडौं सप्लाई गर्ने तयारी गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भारतीय सहर लौकाहा, खुटौना, लदनियाँ, पिपराही, जयनगर, कमलाबारीबाट भित्रिने लागूऔषध लहानमा भण्डारण भई सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु(याउने गरिएको छ।
‘सीमापारिको लौकाहाबाट भित्र्याइएको उक्त परिमाणको लागूऔषध सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु¥याउने तयारी थियो,’ उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले भने। सीमापारिबाट भित्रिने लागूऔषध उदयपुर प्रहरीका लागि पछिल्लो समय टाउको दुखाइ बनेको छ। ‘प्रहरीले सघन अपरेसन गरेपछि सेवनकर्ता घटेका छन् तर सप्लायर्सको संख्यामा कमी आएको छैन,’ एसपी भट्टले भने। जबसम्म सीमामा कडाइ हुन्न तबसम्म सप्लायर्सको संख्यामा कमी नआउने उनको भनाइ छ । पहिला गाईघाट बजार र बजारमाथिका गाउँघरका युवा लागूऔषध सेवन गर्न पारि पुग्थे । पछिल्लो समय सेवन गरेर आएकामाथि समेत कारबाही चलाउन थालिएपछि उनीहरू निरुत्साहित भएको एसपी भट्टको दाबी छ । ‘अहिले चुनौती भनेकै सप्लायर्सलाई नियन्त्रण गर्नु हो,’ उनले भने।

लागूऔषध धन्दामा तीन तहमा मानिस परिचालन हुने गरेको एक सुरक्षा अधिकारीले बताए । पहिलो भरिया तह जो निश्चित रकम लिएर पारिबाट माल ९लागूऔषध० वारि स्टक केन्द्रसम्म ल्याउँछ। दोस्रो, जसले स्टक केन्द्रबाट सवारीसाधनमा माल लोड गरेर काठमाडौं पु(याउँछ । तेस्रो, जसले काठमाडौंमा लागूऔषध फिँजाउँछ।

स्रोत भारतीय सहर
प्रहरीले बरामद गर्ने लागूऔषध सबै भारतीय सहरका औषधिपसलबाट भित्रिने गरेको पाइन्छ। सीमापारिका औषधि पसलबाट खरिद गरी ल्याउने लागूऔषध सीमामा तैनाथ सुरक्षाकर्मीलाई मिलाएर वारि ल्याउने गरिएको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्। पछिल्लो समय सीमावर्ती भारतीय सहर लौकाहा, खुटौना, ललमनिया, जयनगर लागूऔषध कारोबारीका लागि सहज बजार भएका छन्। सप्तरीका बरसाईन, पातो, बेल्ही नाका हुँदै लागूऔषध सप्तरीको भेडियामा भण्डारण हुने गरेको सुरक्षा स्रोत बताउँछ। यहाँबाट सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु(याइन्छ । भारतीय सहर लौकाहा, खुटौना, लदनियाँ, पिपराही, जयनगर, कमलाबारीबाट भित्रिने लागूऔषध लहानमा भण्डारण भई सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु(याउने गरिएको स्रोतको भनाइ छ।

सिरहा र सप्तरीसँग जोडिएका भारतीय सहरबाट भित्रिने लागूऔषध काठमाडौंसम्म पु(याउन मधेस र काठमाडौंमा युवाको संगठित सञ्जाल छ।

‘क्यास’ कारोबार
लागूऔषध कारोबारीका अनुसार भारतीय बजारमा सुईजन्य लागूऔषध ९लुपिजेसिक, फेनार्गन, डाइजिल्याब, ब्रुपिनोर्फिन, डाइजेपाम, नाइट्रासजिपाम० एक सेटको९चारथरी सुई० दुई सय नेपाली रुपैयाँ पर्छ । यही सेट सीमावारि भित्रिएपछि मूल्य बढेर सातसय रुपैयाँसम्म पुग्छ। यही सेट काठमाडौं पुगेपछि पन्ध्र सय रुपैयाँमै पनि लुछाचुँडी हुनेगर्छ। ‘लागूऔषधको कारोबार ‘क्यास’ मा हुने भएकाले यसको सञ्जाल संगठित रूपमै फैलिँदै गएको सुरक्षा अधिकारीहरू बताउँछन् । दुव्र्यसनीको संख्या बढेसँगै लागूऔषधको कारोबार पनि बढ्दै गएको छ। इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले लहान लागूऔषधको ट्रान्जिट बन्दै गएको र यसलाई भत्काउने चुनौती प्रहरीसामु रहेको बताए । ‘लागूऔषध भिœयाएर काठमाडौं सप्लाई गर्नेहरूलाई नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने, ‘स्थानीय गाउँसहरमा बिक्री गर्ने सेवनकर्ता र खुद्रा बिक्रेता सधैंजसो पक्राउ परिरहेका छन्।’

एसपी भट्टका अनुसार सिरहा र सप्तरी नजिकका भारतीय सहरबाट भित्रिने लागूऔषधले यहाँको समाजलाई दलदलमा पार्दैछ । लागूऔषधको त्रिवर्षीय तथ्यांकले पनि यस कारोबारको सञ्जाल फैलिँदै गएको देखाउँछ।

उदयपुर जिल्लामा ०७२र०७३ मा लागूऔषधको २४ वटा मुद्दा दर्ता भएका थिए। ०७३र०७४ मा यो संख्या २३ मा खुम्चियो। ०७४र०७५ मा बढेर ९७ पुगेको छ। आर्थिक वर्ष ०७४ साउनदेखि हालसम्म उदयपुरमा फोनारगन ९०३ एम्पुल, लुपिजेसिक ५८३ एम्पुल, डाइजेल्याब ३३६ एम्पुल, नोर्फिन २९९ एम्पुल बरामद भएको तथ्यांक छ। यी लागूऔषध सबै सिरहा र सप्तरी नजिकका भारतीय सहरबाट भित्रिएको प्रहरीले जनाएको छ।