शिशुलाई दूध चुसाउने पुरुष

maitrinews

अमेरिकाको विस्कन्सिनमा म्याक्समिलियन नामका बाबुले नवजात शिशुलाई आफ्नो स्तनपान गराएका छन् । रोगले ग्रस्त पत्नी एप्रिल न्युबर्सको शल्यक्रिया गरी शिशुलाई जन्माए पनि थप रोगले च्यापेपछि शिशुलाई स्याहार्न सकिनन् । अनि नवजात शिशुलाई नर्सहरुले बाबुको जिम्मा लगाइदिए । उनले नवजात शिशुको स्पर्श महसुस होस् भनेर कमिजको टाँक फुकालेर छातीमा टसाए । अनि निप्पल टाँसेर शिशुलाई दूध चुसाए । उनले दूघ चुसाएको अनुभवलाई तस्बिरसहित फेसबुकमा पोष्ट गरेपछि यो घटना भाइरल बन्यो ।