पुनर्वहालीको माग गर्दै कामिनी राजभण्डारी सर्वोच्चमा

maitrinews

काठमाडौं । सरकारले पदबाट हटाएकि नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

प्रतिस्पर्धाबाट निश्चित समयका लागि आफु नियुक्त भएको भन्दै राजभण्डारीले पुनर्वहानीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकि हुन्।

उनले रिटमा अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेकि छन्। सरकारले गलत मनसायका साथ आफुलाई हटाएको उनको आरोप छ। उनलाई मंगलबारको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त मुद्दाको पेशी आइतबार न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासमा तोकिएको छ।

राजभण्डारी २०७३ असोजमा खुला प्रतिस्पर्धाबाट तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन्। त्यस समय सुरेन्द्रबहादुर कार्की सञ्चारमन्त्री थिए।