दक्षिण र उत्तर कोरियाका छुट्टिएका परिवारजनको पुनर्मिलन

maitrinews

सोल । यसपटकको पुनर्मिलन प्रसिद्ध माउन्ट कुम्गाङ्गमा हुन गइरहेको छ । दर्जनौँ दक्षिण कोरियालीहरू द्वन्द्व र विभाजनका कारण छुट्टिएका आफ्ना परिवारजनसँग पुनर्मिलनका लागि उत्तर कोरियाको यात्रा गर्दैछन्।

उनीहरूले ६० वर्षभन्दा लामो समयपछि पहिलो पटक आफ्ना परिवारजनलाई भेट्न गइरहेका छन्।

आफ्ना छुट्टिएका परिवारजनलाई भेट्न उत्तर कोरिया जान लागेको टोलीमा ८९ जना दक्षिण कोरियालीहरू रहेका छन्। उनीहरूमध्ये धेरै जना वृद्ध र कमजोर भइसकेका छन्।
उनीहरू कोरियाली युद्धका बेला आफ्ना परिवारबाट अलग्गिएका थिए।