सम्पादकहरुसँग बालुवाटारमा प्रधानमन्त्रीः भ्रष्टाचारका मामिलामा कडा हुनसक्ने प्रष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने दाबी गर्नुभयो । उहाँले आफू भ्रष्टाचारका मामिलामा भने अलिक कडा हुन सक्ने संकेत गर्नुभयो । ‘भ्रष्टाचारको मामलामा म कडा छु । त्यसमा भोलि देखिने स्थिति बन्न सक्छ । मैले भ्रष्टाचार फेला पारें भने म अनुहार हेर्दिनँ, व्यवहार हेर्छु । कसले गर्‍यो, यो मेरो परिभाषभित्र पर्दैन । म नातागोता हेर्दिनँ । तपाईहरुले समाउनुभए हुन्छ नि त नातागोता, आफन्तवाद, कृपावाद, सामीप्यतावाद केजातिवाद ,’ उहाँले निकै ढुक्कका साथ भन्नुभयो, ‘अथवा, तपाईहरुले यो भन्न सक्नुहुन्छ, राजनीतिकरण गर्‍यो भनेर । अहिलेको समस्या के हो भने राजनीतिकरण । राजनीतिकरण गर्नुहुन्न ।’

उहाँले योग्य मान्छेलाई योग्य ठाउँ दिनुपर्छ भन्दै राम्रो काम गरेको छ भने पुरस्कृत गर्ने पनि दाबी गर्नुभयो । ‘राम्रो काम गर्दैन भने हटाउनुपर्छ । तर, मैले नियुक्ति दिन्छु, नियुक्ति दिएको मान्छेले राम्रो काम गरेन भने हटाउनेवित्तिकै नजिकै छ, अदालत फुत्त जान्छ,’ उहाँले भन्नुभयो, ‘अनि मलाई यी लिएर आएँ’ भनेर आइहाल्छ । अब तपाईले मलाई चलाउन सक्नुहुन्न भनेर मैलाई भन्छन् । गर्ने के ?।’
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा समृद्धिको संकेत पाइसक्ने पनि बताउनुभयो । त्यसका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्ने उहाँको भनाई थियो ।

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । बिम्स्टेकका सन्दर्भमा नेपालको भूमिका कर्मकाण्डी नभई प्रभावकारी हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सम्पादकहरुलाई गलत छ भने नछोड्नुहोस भन्दै तर गलतचाहिँ नलेखि दिनुहोस् भनी आग्रह पनि गर्नुभयो । ‘सबै कुरा लेख्नुहोस् तर जनतामा निराशा फैलाउने कुरा नलेख्नु होस्। आशाका कुरा लेख्नुहोस किनभने व्यक्ति निराश भए आत्महत्या गर्ला,’उहाँले भन्नुभयो, ‘राष्ट्र र जनता समग्रमा निराश भए ठूलो संकट आउनेछ ।’ प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकीसँग सम्बन्ध सुमधुर रहेको र उनीहरूको विकासबाट नेपाल लाभान्वित हुने अवस्था सिर्जना गर्ने आशय व्यक्त गर्नुभयो ।