राष्ट्रियसभा समितिका सबै सभापति निर्विरोध

maitrinews


काठमाडौँ । राष्ट्रियसभामा रहेको चारवटै समितिका सभापति निर्विरोध हुने भएका छन् । हिजो ३ वटा समितिका सभापतिमा एकरएक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध हुन लागेको हो । एक समितिको सभापति भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ ।

चार समितिका सभापति मध्ये राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेकपाको तर्फबाट पार्वती रावल, प्रत्यायोजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितिमा नेकपाका रामनारायाण बिडारी, विधायन ब्यबस्थापन समितिमा नेकपाका परशु मेघी गुरुङ सभापति हुने भएका छन् । उनीहरुलाई आज दिउसो शपथ गराउने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसको भागमा परेको दीगो विकास समितिमा केही प्राविधिक कारणले गर्दा केही समय पछि मात्र निर्वाचनका तयारी गरिएको छ । सो समितिमा सभापतिका लागि शिफारिस भएकी तारादेवी भट्ट राष्ट्रिय सरकार समितिका सदस्य हुन । उनी सो समितिको जेष्ठ सदस्य पनि हुन्। उनलाई सरोकार समितिको बैठक बसेर दिगो विकासमा सारेपछि सभापति बन्ने स्रोतले बतायो ।