ओखलढुगामा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु

maitrinews

ओखलढुंगा । मेलुङ गाउँपालिका ८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिएको हो । पहिरोमा परी ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिषको मृत्यु भएको छ ।
पूर्णकी दिदी मित्रमायाको पनि पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।